मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सुन बजारमा ठूलो पहिरो: एकैदिन तोलामा साढे ५ हजारले घट्यो मूल्य

Main News Image
Mahir News add

काठमाडौं- लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार एकैदिन ठूलो गिरावट आएको छ। नेपाली बजारमा सुन एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

केही समयअघि प्रतितोला ३ लाख ४० हजार रुपैयाँसम्म पुगेर उच्च रेकर्ड कायम गरेको सुनको भाउ पछिल्लो समय भने निरन्तर घट्दो क्रममा छ। लगातारको गिरावटसँगै सुन अहिले २ लाख ८५ हजारको बिन्दुमा झरेको हो। सुनको भाउ घट्दा बजारमा खरिदकर्तालाई भने केही राहत मिलेको छ।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २१५ रुपैयाँले घटेको हो।

 

 

Mahir News add

सम्बन्धित खबर

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृ...

बजेटअघि बैंकर्स संघको सरकारलाई दबाब : कर कटौतीदेखि नीतिगत सुधारसम्मका माग

नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब

काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १–२ मा, मन्त्रीहरूको जवाफ असार ३–४ गते

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आगामी असार १ र २ गते सञ्चालन हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।

काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने

 काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...