मर्मतपश्चात् अप्पर माई जलविद्युत आयोजनाबाट पुनः उत्पादन सुरु
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।
गत वैशाख ७ गते
दिउँसो ३ बजे आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल आकस्मिक रूपमा फुटेपछि
आयोजनाबाट हुने विद्युत उत्पादन पूर्ण रूपमा ठप्प भएको थियो। कम्पनीका अनुसार, क्षति पुगेको संरचनाको मर्मत सम्भार र आवश्यक प्राविधिक
परीक्षण सम्पन्न गरी जेठ ७ गते बिहान १० बजेदेखि आयोजनालाई पुनः नियमित सञ्चालनमा
ल्याइएको हो।
कम्पनीले
सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार, यस आयोजनाबाट मात्रै हालसम्म २९ करोड १६ लाख रुपैयाँभन्दा
बढीको विद्युत बिक्री भइसकेको छ। प्राविधिक क्षतिका कारण करिब एक महिना बन्द रहे
पनि आयोजना सञ्चालनमा आएसँगै कम्पनीको विद्युत बिक्री आम्दानी पुनः निरन्तर हुने भएको
छ।
एक्सप्रेस
सम्बन्धित खबर
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
बजेटअघि बैंकर्स संघको सरकारलाई दबाब : कर कटौतीदेखि नीतिगत सुधारसम्मका माग
सामाजिक सुरक्षा भत्तामा राज्यको भार थपिँदै: १० वर्षमा खर्च झण्डै ६ गुणाले वृद्धि
काठमाडौं-
नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब
काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...
रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, ९२ लाख हिनामिनाको आरोप
काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा प्रहरीले संस्थाकी अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ।
<...प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १–२ मा, मन्त्रीहरूको जवाफ असार ३–४ गते
काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आगामी असार १ र २ गते सञ्चालन हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।



