विवाद चर्किएपछि एमालेले फिर्ता गर्यो मीनबहादुरको जग्गा प्रस्ताव
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले कलंकीस्थित १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय निर्माण गर्ने पूर्व प्रस्ताव अब अघि नबढाउने कार्यसूची प्रस्तुत गरेका हुन्।
यसअघि २०८१ असोजमा
व्यवसायी गुरूङले एमालेलाई उक्त जग्गा उपलब्ध गराएर पार्टी कार्यालयसमेत निर्माण
गरिदिने घोषणा गरेका थिए। सोही क्रममा भवन निर्माणका लागि शिलान्यास पनि गरिएको
थियो। तर उक्त विषयलाई लिएर पार्टीभित्रै तीव्र विवाद उत्पन्न भएको थियो।
सचिवालय निर्णयको
सार्वजनिक विरोध गरेको आरोपमा नेतृहरू डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेना लाई ६
महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको थियो।
पार्टी नेताहरूका
अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनी मा आगजनी भएपछि
गुरूङ स्वयं पनि आफ्नो प्रस्तावबाट पछि हटिसकेका थिए।
अब एमालेले
कलंकीको जग्गा नलिई बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय निर्माण
गर्ने तयारी थालेको जनाएको छ। नयाँ भवन निर्माण सम्पन्न नभएसम्म पार्टी कार्यालयका
लागि भाडाको भवन खोज्ने प्रस्तावसमेत सचिवालय बैठकमा उठाइएको छ।
सर्वोच्च अदालतको
पछिल्लो फैसलापछि बल्खुमा भवन निर्माण गर्न कानुनी अवरोध नरहेको निष्कर्ष एमालेले
निकालेको छ।
२०७२ सालको
विनाशकारी भूकम्पले एमालेको पुरानो मुख्यालय ध्वस्त भएपछि पार्टी निरन्तर भाडाको
भवनमा सञ्चालन हुँदै आएको छ। सुरुआतमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति
प्रतिष्ठानमा बसेको एमाले पछि विवादका कारण त्यहाँबाट सरेको थियो। त्यसपछि थापाथली
हाइट्सस्थित निजी भवन हुँदै २०७९ सालदेखि च्यासलस्थित तुलसीलाल स्मृति
प्रतिष्ठानको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ। तर भोगाधिकारसम्बन्धी विवादका
कारण सरकारले उक्त भवन पनि खाली गर्न निर्देशन दिइसकेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...
सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन
नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति...
ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...
लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।
जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...



