मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

Main News Image
Mahir News add

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले कलंकीस्थित १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय निर्माण गर्ने पूर्व प्रस्ताव अब अघि नबढाउने कार्यसूची प्रस्तुत गरेका हुन्।

यसअघि २०८१ असोजमा व्यवसायी गुरूङले एमालेलाई उक्त जग्गा उपलब्ध गराएर पार्टी कार्यालयसमेत निर्माण गरिदिने घोषणा गरेका थिए। सोही क्रममा भवन निर्माणका लागि शिलान्यास पनि गरिएको थियो। तर उक्त विषयलाई लिएर पार्टीभित्रै तीव्र विवाद उत्पन्न भएको थियो।

सचिवालय निर्णयको सार्वजनिक विरोध गरेको आरोपमा नेतृहरू डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेना लाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको थियो।

पार्टी नेताहरूका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनी मा आगजनी भएपछि गुरूङ स्वयं पनि आफ्नो प्रस्तावबाट पछि हटिसकेका थिए।

अब एमालेले कलंकीको जग्गा नलिई बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय निर्माण गर्ने तयारी थालेको जनाएको छ। नयाँ भवन निर्माण सम्पन्न नभएसम्म पार्टी कार्यालयका लागि भाडाको भवन खोज्ने प्रस्तावसमेत सचिवालय बैठकमा उठाइएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि बल्खुमा भवन निर्माण गर्न कानुनी अवरोध नरहेको निष्कर्ष एमालेले निकालेको छ।

२०७२ सालको विनाशकारी भूकम्पले एमालेको पुरानो मुख्यालय ध्वस्त भएपछि पार्टी निरन्तर भाडाको भवनमा सञ्चालन हुँदै आएको छ। सुरुआतमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा बसेको एमाले पछि विवादका कारण त्यहाँबाट सरेको थियो। त्यसपछि थापाथली हाइट्सस्थित निजी भवन हुँदै २०७९ सालदेखि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ। तर भोगाधिकारसम्बन्धी विवादका कारण सरकारले उक्त भवन पनि खाली गर्न निर्देशन दिइसकेको छ।

 

Mahir News add

सम्बन्धित खबर

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...

अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...

महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा ए...