सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन
नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै मंगलबार सर्वोच्च अदालत परिसरमा सांकेतिक प्रदर्शन गरेको छ।
अदालतमा रिट
निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै बारले त्यसको विरोधस्वरूप
दिउँसै लालटिन बालेर प्रदर्शन गरेको हो।
बारको सोमबार
बसेको बैठकले “सत्य र न्यायको खोजी” भन्ने सन्देशसहित विरोध कार्यक्रम आयोजना
गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार दिउँसो १ बजे नेपाल बारको
कार्यालय प्राङ्गणबाट प्रदर्शन सुरु गरिएको जनाएको छ।
प्रदर्शनका क्रममा कानून व्यवसायीहरूले न्यायपालिकाको वर्तमान अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अदालतको काम कारबाही प्रभावकारी र सहज बनाउन माग गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन
उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...
प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध
प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएक...



