प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
प्युठान जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष २०८१/०८२ मा कुल
७ करोड ७३ लाख १८ हजार रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६३
औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका ९ स्थानीय तहमा विभिन्न शीर्षकमा उक्त बेरुजु
कायम भएको हो।
प्रतिवेदनअनुसार
सबैभन्दा बढी बेरुजु प्युठान नगरपालिकामा रहेको छ। नगरपालिकाको बेरुजु रकम ३ करोड
६७ लाख १५ हजार रुपैयाँ पुगेको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकामा १ करोड ३६ लाख
६ हजार रुपैयाँ बेरुजु देखिएको छ।
त्यस्तै, गौमुखी गाउँपालिकामा १ करोड २३
लाख ५४ हजार, मल्लरानी
गाउँपालिकामा १ करोड ४ हजार ४६ हजार रुपैयाँ बेरुजु कायम भएको छ। झिमरुक
गाउँपालिकामा ६८ लाख ७५ हजार, नौबहिनी गाउँपालिकामा ५६ लाख १० हजार, माण्डवी गाउँपालिकामा ५१ लाख ४२
हजार तथा ऐरावती गाउँपालिकामा ४२ लाख ८० हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा
उल्लेख छ।
सबैभन्दा
कम बेरुजु सरुमारानी गाउँपालिकामा रहेको छ। गाउँपालिकाको बेरुजु रकम २१ लाख ३७
हजार रुपैयाँ रहेको छ।
महालेखा
परीक्षकको प्रतिवेदनले स्थानीय तहमा आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा पारदर्शितामा अझ
सुधार आवश्यक रहेको संकेत गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...
बाजुरामा दुई जनाको भिरबाट लडेर मृत्यु, ट्याक्टर दुर्घटनामा चालक घाइते
सुर्खेतमा टिपरको ठक्करबाट २३ वर्षीय युवाको मृत्यु, चालक पक्राउ
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...
पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे
पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित सं...



