मितेरी सहकारी ठगीमा मुछिएकी कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतीविरुद्ध अदालतको २१ दिने म्याद
ललितपुर । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएर विवादमा तानिएकी नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले २१ दिने म्याद सूचना (इतलायनामा) जारी गरेको छ।
अदालतले
बोध विक्रम थापाद्वारा दायर गरिएको लेनदेन मुद्दामा (मुद्दा नं. ०८२-CP-०१९३) उनलाई सबुत प्रमाणसहित प्रतिउत्तर पेस गर्न आदेश दिएको
हो। यसअघि जारी भएको म्याद बदर भएपछि अदालतले गत जेठ ५ गतेको आदेशअनुसार मुलुकी
देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को
उपदफा (२२) बमोजिम यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ।
को हुन् ज्योती गुरुङ
?
अदालतको
म्याद सूचना र प्राप्त विवरणअनुसार ४८ वर्षीया ज्योती गुरुङ कांग्रेस नेता धनराज
गुरुङकी पूर्वपत्नी हुन्। स्याङ्जा जिल्ला,
साविक
अर्जुनचौपारी गा.वि.स. वडा नं. ७ (हाल अर्जुनचौपारी गाउँपालिका वडा नं. २, लामडाँडा) स्थायी घर भएकी उनी हाल ललितपुर महानगरपालिका–१४, थसिखेलमा बस्दै आएकी छन्। अदालतको सूचनामा उनी हस्तबहादुर
गुरुङकी नातिनी र हित बहादुर गुरुङकी छोरी भएको खुलाइएको छ भने श्रीमानको नाम
धनराज गुरुङ नै उल्लेख छ।
सहकारीको
करोडौं रकम अपचलनको आरोप लागेपछि उनी पछिल्लो समय चर्चा र छानबिनको घेरामा तानिएकी
थिइन्। सहकारी प्रकरणकै बीचमा लेनदेनको अर्को मुद्दामा अदालतले उनीविरुद्ध म्याद
जारी गरेको हो।
अदालतको चेतावनी: २१
दिनभित्र उपस्थित नभए कानुनबमोजिम हुने
ललितपुर
जिल्ला अदालतले २०८३ साल जेठ ११ गते जारी गरेको सूचनामा पत्रिकामा सूचना प्रकाशित
भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ।
ज्योतीले
आफू स्वयं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुद प्रमाणसहितको प्रतिउत्तर
पत्र लिएर अदालतमा उपस्थित हुनुपर्नेछ। तोकिएको म्यादभित्र उपस्थित नभई म्याद
गुजारेको खण्डमा मुद्दा कानुनबमोजिम अघि बढ्ने र पछि कुनै उजुरबाजुर नलाग्ने
चेतावनी अदालतले दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल
रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...



