मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

मितेरी सहकारी ठगीमा मुछिएकी कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतीविरुद्ध अदालतको २१ दिने म्याद

Main News Image
Mahir News add

ललितपुर । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएर विवादमा तानिएकी नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले २१ दिने म्याद सूचना (इतलायनामा) जारी गरेको छ।

अदालतले बोध विक्रम थापाद्वारा दायर गरिएको लेनदेन मुद्दामा (मुद्दा नं. ०८२-CP-०१९३) उनलाई सबुत प्रमाणसहित प्रतिउत्तर पेस गर्न आदेश दिएको हो। यसअघि जारी भएको म्याद बदर भएपछि अदालतले गत जेठ ५ गतेको आदेशअनुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२२) बमोजिम यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ।

को हुन् ज्योती गुरुङ ?

अदालतको म्याद सूचना र प्राप्त विवरणअनुसार ४८ वर्षीया ज्योती गुरुङ कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन्। स्याङ्जा जिल्ला, साविक अर्जुनचौपारी गा.वि.स. वडा नं. ७ (हाल अर्जुनचौपारी गाउँपालिका वडा नं. २, लामडाँडा) स्थायी घर भएकी उनी हाल ललितपुर महानगरपालिका–१४, थसिखेलमा बस्दै आएकी छन्। अदालतको सूचनामा उनी हस्तबहादुर गुरुङकी नातिनी र हित बहादुर गुरुङकी छोरी भएको खुलाइएको छ भने श्रीमानको नाम धनराज गुरुङ नै उल्लेख छ।

सहकारीको करोडौं रकम अपचलनको आरोप लागेपछि उनी पछिल्लो समय चर्चा र छानबिनको घेरामा तानिएकी थिइन्। सहकारी प्रकरणकै बीचमा लेनदेनको अर्को मुद्दामा अदालतले उनीविरुद्ध म्याद जारी गरेको हो।

अदालतको चेतावनी: २१ दिनभित्र उपस्थित नभए कानुनबमोजिम हुने

ललितपुर जिल्ला अदालतले २०८३ साल जेठ ११ गते जारी गरेको सूचनामा पत्रिकामा सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ।

ज्योतीले आफू स्वयं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुद प्रमाणसहितको प्रतिउत्तर पत्र लिएर अदालतमा उपस्थित हुनुपर्नेछ। तोकिएको म्यादभित्र उपस्थित नभई म्याद गुजारेको खण्डमा मुद्दा कानुनबमोजिम अघि बढ्ने र पछि कुनै उजुरबाजुर नलाग्ने चेतावनी अदालतले दिएको छ।

सहकारी ठगी प्रकरणले राष्ट्रिय राजनीति नै तरंगित बनिरहेका बेला शीर्ष नेताकी पूर्वपत्नी नै लेनदेन र हिनामिनाको मुद्दामा अदालतको म्यादमा पर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Mahir News add

सम्बन्धित खबर

निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौँ । ‍उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी...

गेस्टहाउसमा यौनजन्य गतिविधि बढेपछि स्थानीयको प्रदर्शन

जनकपुरधाम । जनकपुरका गेस्टहाउसमा अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयले अनैतिक क्रियाकलाप गराउने गेस्टहाउस तथा होटललाई कानुनी कारबाही गर्न माग गरेका छन् । जनक नगर सोसाईटी पिराडीले यौनजन्य...

१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...

नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।