मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

भारतीय नयाँ मापदण्डका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी

Main News Image
Mahir News add

इलाम । नेपाली चिया निर्यातमा भारतीय पक्षले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) का कारण गम्भीर समस्या उत्पन्न भएको भन्दै सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि चिया उद्योग बन्द गर्ने चेतावनी दिएको छ।

एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेपछि नेपालबाट भारततर्फ चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको छ। गुणस्तर परीक्षण, जटिल प्रक्रिया, भण्डारणको अभाव तथा परीक्षण प्रतिवेदन प्राप्त गर्न लामो समय लाग्ने समस्याका कारण नेपाली चिया निर्यात प्रभावित भएको जनाइएको छ।

विज्ञप्तिमा भारतका विभिन्न गोदाममा करिब २ लाख किलोभन्दा बढी तयारी चिया रोकिएको तथा नेपालका उद्योगहरूमा समेत १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएको उल्लेख गरिएको छ। भारतीय पक्षले परीक्षणका लागि लगेको नमुनाको प्रतिवेदन महिनौँसम्म नदिने र गुणस्तरहीन ठहरिएमा चिया नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमका कारण उद्योगहरू थप समस्यामा परेको एसोसिएसनको भनाइ छ।

यस अवस्थाले उद्योगीहरूलाई किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी गर्न समेत कठिन भएको जनाइएको छ। उद्योग सञ्चालन नै संकटमा परेकाले सम्पूर्ण उद्योगहरू असार १ गतेदेखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले यसबाट चिया किसान, व्यवसायी, मजदुर तथा उद्योगसँग सम्बन्धित सबै पक्षमा पर्ने असरप्रति दुःख व्यक्त गर्दै समस्या समाधानका लागि सरकार, सरोकारवाला निकाय तथा सबै पक्षसँग आवश्यक पहल, सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ।का विभिन्न गोदाममा करिब २ लाख किलोभन्दा बढी तयारी चिया रोकिएको तथा नेपालका उद्योगहरूमा समेत १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएको उल्लेख गरिएको छ। भारतीय पक्षले परीक्षणका लागि लगेको नमुनाको प्रतिवेदन महिनौँसम्म नदिने र गुणस्तरहीन ठहरिएमा चिया नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमका कारण उद्योगहरू थप समस्यामा परेको एसोसिएसनको भनाइ छ।

यस अवस्थाले उद्योगीहरूलाई किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी गर्न समेत कठिन भएको जनाइएको छ। उद्योग सञ्चालन नै संकटमा परेकाले सम्पूर्ण उद्योगहरू असार १ गतेदेखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले यसबाट चिया किसान, व्यवसायी, मजदुर तथा उद्योगसँग सम्बन्धित सबै पक्षमा पर्ने असरप्रति दुःख व्यक्त गर्दै समस्या समाधानका लागि सरकार, सरोकारवाला निकाय तथा सबै पक्षसँग आवश्यक पहल, सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ।

Mahir News add

सम्बन्धित खबर

सामान्य अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । साताको पाचौं अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको सेयर कारोब...

सरकारले नगद कारोबारको सीमा घटायो, ५ लाखभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने

काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्...

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको तोलामा मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । म...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमे...

म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । घुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत...