पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान
काठमाडौं– नेपाल र भारतबीचको गहिरो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै भारतका केन्द्रीय गृहमन्त्री अमित साहले आराध्यदेव पशुपतिनाथ मन्दिरलाई ४० किलोग्राम विशेष चन्दन पठाएका छन्।
पशुपतिनाथको
शिरमा गरिने महत्त्वपूर्ण 'श्रीयन्त्र पूजा'मा प्रयोग गर्नका लागि उक्त चन्दन अर्पण गरिएको हो। सांसद
सन्दीप रानाको विशेष पहल र समन्वयमा काठमाडौं ल्याइएको सो चन्दन पशुपतिनाथका मूल
अर्चक (भट्ट) गणेश भट्टलाई विधिवत रूपमा हस्तान्तरण गरिएको छ।
मन्दिरमा
प्राप्त भएको उक्त बहुमूल्य चन्दनलाई सुरक्षित भण्डारण गर्न मूल भट्टले आजै गुठी
संस्थानअन्तर्गतको पशुपति गोश्वारा कार्यालयकी प्रमुख सुशीला शर्मालाई जिम्मा
लगाइसकेका छन्।
पशुपतिनाथप्रतिको अपार आस्थाका कारण
भारतबाट हरेक वर्ष विशेष प्रकारको चन्दन पठाउने परम्परा नै बसिसकेको छ। यसै
सिलसिलामा अघिल्लो वर्ष पनि भारतको गोवा राज्यका एक मन्त्रीले भगवान् पशुपतिनाथलाई
३५ किलोग्राम चन्दन अर्पण गरेका थिए। दुई देशका नागरिकबीचको जनस्तरको सम्बन्धलाई
यस्ता धार्मिक गतिविधिले थप प्रगाढ बनाउँदै लगेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । देशका विभिन्न
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने...
सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन
नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति...
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...



