मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै

Main News Image
Mahir News add

काठमाडौँ । जेनजी मिराज ढुंगाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ । सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ । आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् । वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ ।

उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र  ? केही पनि गर्नुभएको छैन। समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ। यस्तो सरकार देखिएको थिएन ।’

उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए। ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न उठाउँदै भने, ‘कसको छातीमा बसेर तपाईं प्रधानमन्त्री बन्नुभयो ? देशलाई निकास दिनुहुन्न, स्थिरता दिनुहुन्न, आठ तारिखमा विद्रोह भएको अवस्था र अहिलेको अवस्था उस्तै छ, झन् गम्भीर बनेको छ।’ उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ रु जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य हुँदैन।’

ढुंगानाका अनुसार जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधारसहित राज्यको पुनःसंरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन्।

Mahir News add

सम्बन्धित खबर

समानुपातिक निर्वाचनका लागि पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्याल...

छानबिन आयोगमा बयान दिने कि नदिने दोधारमा लेखक, सभापति देउवासँग परामर्श गर्दै

काठमाडौँ । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिने कि नदिने भन्नेबारे द्विविधामा परेका छन् । जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको छ । त्यसबारे उनले विभि...

नयाँ पुस्ताको अपेक्षा अनुसार गतिशील बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र...

एमाले महाधिवेशन : सल्लाघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनि...

मधेश प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल जारी, संशोधन प्रस्तावसहित बहस तीव्र

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्य...

प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहर...