ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्म जरिवाना प्रस्ताव, ‘दुई वर्षमै सडक ठप्प हुन सक्छ’ : एसएसपी काफ्ले
काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई हालको भन्दा निकै कडा आर्थिक दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले नियम मिच्ने व्यक्तिलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।
सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी तथा ढुवानी व्यवस्थापन’ विषयमा प्रस्तुति दिँदै उनले हाल लागू रहेको ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्मको जरिवाना प्रभावकारी नभएको उल्लेख गरे।
उनका अनुसार न्यून जरिवानाका कारण चालकहरूमा नियम पालना गर्ने दबाब सिर्जना हुन सकेको छैन। “अहिलेको जरिवानाले कसैलाई पनि सचेत बनाएको देखिँदैन। ट्राफिक अनुशासन कायम गर्न जरिवाना रकम उल्लेख्य रूपमा बढाउन आवश्यक छ,” उनले भने।
एसएसपी काफ्लेले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा तत्काल सुधार नगरे अवस्था झन् जटिल बन्ने चेतावनी पनि दिएका छन्। प्रविधिमैत्री ट्राफिक प्रणालीको अभावले समस्या बढ्दै गएको उल्लेख गर्दै उनले आगामी दुई वर्षभित्र सडक सञ्जाल अत्यधिक जामको चपेटामा पर्न सक्ने बताए।
“यदि वर्तमान अवस्थामै सीमित रहने र प्रविधिमा पर्याप्त लगानी नगर्ने हो भने केही वर्षमै उपत्यकाको यातायात व्यवस्था संकटग्रस्त बन्न सक्छ। एम्बुलेन्ससमेत समयमै अस्पताल पुग्न नसक्ने अवस्था सिर्जना हुन सक्छ,” उनले चेतावनी दिए।
उनले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...
विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग
मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...
धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!
मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...
सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...


