देशका विभिन्न जिल्लामा मेघगर्जनसहित वर्षा, खोपासीमा एक घण्टामै २५.८ मिमि पानी
काठमाडौं, असार ४ — देशका विभिन्न स्थानमा बिहीबार दिउँसो मेघगर्जनसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ः५० बजेसम्म ललितपुर, चितवन, परासी र धनकुटालगायत क्षेत्रमा पानी परेको छ भने आसपासका जिल्लामा पनि वर्षाको सम्भावना कायम रहेको छ।
महाशाखाले
सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको
खोपासीमा मापन गरिएको छ। त्यहाँ २५.८ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।
मौसमविद्हरूका
अनुसार हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा सक्रिय रहेको पश्चिमी
न्यूनचापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यही कारण देशका
विभिन्न भागमा बादल विकास भई मेघगर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा
भइरहेका तथा सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह
गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान
जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...
गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण
गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ ।
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।
जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...
लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।
जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...

