मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर तथा टहराहरू अन्ततः हटाइएका छन् । पोखरा महानगरपालिकाले मङ्गलवार बिहान पृथ्वी राजमार्ग आसपास निर्माण गरिएका ५१ वटा टहरामा डोजर चलाएर संरचना हटाएको हो ।

अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त क्षेत्रको स्थलगत अनुगमन समेत गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार अमरसिंह माध्यमिक विद्यालयको भोगाधिकारभित्र पर्ने उक्त जग्गामा २०३८ सालदेखि टहरा निर्माण गरी व्यावसायिक प्रयोजनका लागि भाडामा दिइँदै आएको थियो । संरचना हटाउने विषयमा लामो समयदेखि प्रयास भइरहे पनि यसपटक व्यवसायी, विद्यालय र वडा कार्यालयबीच भएको समन्वय तथा सहमतिपछि प्रक्रिया अघि बढाइएको उनले बताए ।

डोजर परिचालन गर्नुअघि महानगरपालिकाले सोमवार सर्वपक्षीय बैठक आयोजना गरेको थियो । बैठकमा सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले राजमार्ग क्षेत्र मिचेर निर्माण गरिएका अनधिकृत संरचनाहरू तत्काल हटाउनुपर्ने धारणा राखेका थिए । सोही निष्कर्ष र सहमतिका आधारमा मङ्गलवार बिहानदेखि डोजर परिचालन गरिएको महानगरले जनाएको छ ।

महानगरले कारबाही अघि बढाउनुअघि नै अधिकांश व्यवसायीहरूले आफ्ना पसल तथा सटर खाली गरिसकेका थिए । केही व्यवसायीहरूले टहरा आफैँ भत्काएर त्यहाँ रहेका सामग्री तथा संरचना सुरक्षित रूपमा अन्यत्र सारेका थिए ।

व्यवसायीहरूको सहयोगपछि अहिले महानगरपालिकाको टोलीले बाँकी भग्नावशेष हटाउने तथा जमिन सम्याउने काम गरिरहेको छ ।

Mahir News add

सम्बन्धित खबर

धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!

मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान

काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन...

हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार रा...

महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा ए...