संसद पुनर्स्थापना हुँदैन, चुनावतिरै जानुपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा ९एमाले० पनि अब निर्वाचनतिरै जाने जिकिर गरे । संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दर्ता भए पनि अन्ततः दुवै दल चुनावमा केन्द्रित हुने उनको भनाइ थियो ।
‘निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ । मलाई विश्वास छ, आज(भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुनेछन्,’ प्रचण्डले भने । अब निर्वाचनको विकल्प नरहेको उनले बताए । कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘न्यायालयमा पनि जानुभएको छ । तर म तपाईँ सबै र जनतालाई नै भन्न चाहन्छु( कुनै भ्रममा पर्न आवश्यक छैन । संसद पुनर्स्थापना अहिले हुँदैन । निर्वाचन अब अगाडि आइ नै सक्यो ।’
निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको चेतावनी थियो । ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ,’ उनले भने, ‘अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यतातर्फ आकर्षित गर्न जरुरी छ ।’ प्रचण्डले नेता तथा कार्यकर्तालाई एकजुट भएर निर्वाचनमा लाग्न निर्देशन पनि दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहर...
प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि जेन-जी आक्रोशित
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि बिभिन्न जेनजी युवा समूहहरु आक्रोशित भएका छन् । प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा प्रधानमन्त्री कार्कीलाई ज्ञापत्र प...
आध्यात्मिक जीवनशैली मानसिक स्वास्थ्य सुधारका लागि उपयोगी हुन्छ – स्वास्थ्यमन्त्री डा गौतम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छिन् । तरङ्गीनि फाउण्डेशनले आ...
मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न सात दलको आग्रह
जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ । प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जस...
को हुन् बालानन्द शर्मा ?
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए...
ओलीले दोहोर्याए : जेनजी आन्दोलनका घटनाको जिम्मा लिन्न
काठमाडौँ । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले अदालत जाने तयारीमा छ । मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय सुनाएका हुन् । उनले सडक संघर्ष पनि गर्ने योजना रह...


