मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भई हाल ललितपुरको टिकाथली बस्दै आएका २८ वर्षीय धनराज यादव रहेका छन् ।
जिल्ला प्रहरी
परिसर काठमाडौंका अनुसार सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई हाल नरेफाँट बस्दै
आएका १८ वर्षीय करणकुमार साहमाथि शुक्रबार दिउँसो करिब २ बजे आक्रमण भएको थियो ।
घटनामा साहको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको बताइएको छ ।
घाइते साहले
आफूमाथि ज्यान मार्ने उद्देश्यसहित आक्रमण गरिएको भन्दै प्रहरी वृत्त नयाँ
बानेश्वरमा उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै धनराज
यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार
घटनामा यादवसँगै अन्य ५/६ जना पनि संलग्न रहेको आशंकामा खोजी भइरहेको छ ।
प्रारम्भिक
अनुसन्धानमा आक्रमणमा संलग्न र पीडितबीच मामा–भान्जाको सम्बन्ध रहेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार यसअघि टिकाथली क्षेत्रमा भएको विवादमा भान्जाले मामामाथि
आक्रमण गरेको आरोप छ । सोही घटनाको प्रतिशोधस्वरूप पछिल्लो आक्रमण भएको हुनसक्ने
प्रहरीको अनुमान छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बढ्दै डेङ्गुको जोखिम: के हो डेङ्गु, यसका लक्षण र बच्ने उपायहरू के-के हुन्?
स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...
जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान
जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...
महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा
जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...



