मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ

Main News Image
Mahir News add

काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भई हाल ललितपुरको टिकाथली बस्दै आएका २८ वर्षीय धनराज यादव रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई हाल नरेफाँट बस्दै आएका १८ वर्षीय करणकुमार साहमाथि शुक्रबार दिउँसो करिब २ बजे आक्रमण भएको थियो । घटनामा साहको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको बताइएको छ ।

घाइते साहले आफूमाथि ज्यान मार्ने उद्देश्यसहित आक्रमण गरिएको भन्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै धनराज यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा यादवसँगै अन्य ५/६ जना पनि संलग्न रहेको आशंकामा खोजी भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा आक्रमणमा संलग्न र पीडितबीच मामा–भान्जाको सम्बन्ध रहेको खुलेको छ । प्रहरी स्रोतका अनुसार यसअघि टिकाथली क्षेत्रमा भएको विवादमा भान्जाले मामामाथि आक्रमण गरेको आरोप छ । सोही घटनाको प्रतिशोधस्वरूप पछिल्लो आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

Mahir News add

सम्बन्धित खबर

थापाथलीमा टहरा हटेपछि फेरियो बागमती किनारको मुहार: अस्तव्यस्तताको ठाउँमा अब खुला मैदान

एमालेमा हलचल, तर खुल्न डर

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...

सरकारले नयाँ नीति ल्यायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।