एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर जित हासिल गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो ।
पोखराको लागि यो चौथो खेल हो। उसले २ मा हार र १ मा जित निकालेको छ । लुम्बिनीको भने पाँचौं खेल हो उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ । त्यसैले दुवै टोलीलाई जित आवश्यक छ । लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन। हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाँकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ। गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ ।
यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उतिकै जरुरी रहेको छ । अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलको तयारी पूरा, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह
काठमाडौँ । भोलि मंसिर १ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन् । नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो । त्रिवि क...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य
काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...
एनपीएल : लुम्बिनीले जिते जनकपुरसँगै बाहिरिनेछन् पोखरा र चितवन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम...
नेपालको शानदार जित : स्कटल्याण्डलाई ६ विकेटले हराउँदै लिग–२ मा पाँचौँ स्थानमा उक्लियो
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल...
एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...


