मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण प्रक्रिया सुस्त

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक अद्यावधिक भए पनि अधिकांश स्थानमा जग्गा धनीपुर्जा वितरण हुन सकेको छैन। भूमि समस्या समाधान आयोग गुल्मीको तथ्यांकअनुसार जिल्लाका १२ स्थानीय तहमध्ये केही पालिकामा मात्रै सीमित संख्यामा पुर्जा वितरण गरिएको हो।

 रेसुङ्गा नगरपालिका, छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा केही लाभग्राहीलाई धनीपुर्जा वितरण गरिएको भए पनि मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, कालीगण्डकी गाउँपालिका र धुर्कोट गाउँपालिकामा भने वितरण प्रक्रिया अघि बढ्न सकेको छैन।

 तथ्यांकअनुसार रेसुङ्गा नगरपालिकामा १६ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको छ भने छत्रकोट गाउँपालिकामा १८ अव्यवस्थित बसोबासी र १ सरकारी निकायलाई पुर्जा दिइएको छ। मदाने गाउँपालिकामा २७ अव्यवस्थित बसोबासी, १ मन्दिर, १ विद्यालय र १ प्रहरी चौकीलाई पुर्जा वितरण गरिएको छ। रुरुक्षेत्र गाउँपालिकामा १४ अव्यवस्थित बसोबासी र १ भूमिहीन दलितलाई धनीपुर्जा प्रदान गरिएको उल्लेख छ।

 भूमि समस्या समाधान आयोगका अनुसार जिल्लाभर भूमिहीन दलित ३००, भूमिहीन सुकुम्बासी २३१ र अव्यवस्थित बसोबासी २२२० गरी कुल २७५१ जनाको तथ्यांक अद्यावधिक गरिएको छ। तीमध्ये हालसम्म ५७ स्थानमा मात्रै जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको जनाइएको छ।

 पुर्जा वितरणबाट हालसम्म रु ५ लाख ८३ हजार ७८० राजस्व संकलन भएको आयोगले जनाएको छ। आयोगले स्थानीय सरकार, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, नापी कार्यालय, वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायको सहयोगप्रति आभार व्यक्त गरेको छ।

 

Mahir News add

सम्बन्धित खबर

शिक्षक सेवा आयोगको लिखित परीक्षा केन्द्र परिवर्तन

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प...

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु

पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री

काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...