लेबनानमा इजरायली बमबारी तीव्र: एकैदिन १८ को मृत्यु, युद्धविराम कागजमै सीमित
.दक्षिणी र पूर्वी लेबनानमा इजरायली सेनाले बमबारी तीव्र पारेसँगै मानवीय सङ्कट थप गहिरिएको छ। पछिल्लो हवाई आक्रमणमा मात्रै दुई बालिका र एक महिलासहित १८ जनाले ज्यान गुमाएका छन् भने २० भन्दा बढी घाइते भएका छन्। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, मङ्गलबार दक्षिणी लेबनानमा एक घण्टाको छोटो अन्तरालमै इजरायलले ३३ पटकभन्दा बढी हवाई हमला गरेको थियो। बेका क्षेत्र, मारेकेह, खिरबेट सेलम र कफर रेमेन लगायतका स्थानमा भएका छुट्टाछुट्टै आक्रमणले ठूलो जनधनको क्षति गरेको छ।
इजरायली
सेनाले आक्रमणअघि केही क्षेत्र खाली गर्न चेतावनी दिए पनि सर्वसाधारणले सुरक्षित
स्थानमा सर्ने पर्याप्त मौका पाएनन्। एउटा कहालीलाग्दो घटनामा मशघराका एक
स्थानीयले आफ्नै आँखा अगाडि आमा, बुबा र दिदीलाई गुमाए
भने उनको घर पूर्ण रूपमा ध्वस्त भयो। घर र सवारीसाधन मात्र नभई यसपटक उद्धारमा
खटिएका स्वास्थ्यकर्मी समेत आक्रमणको चपेटामा परेका छन्। टायर जिल्लाको सरिफामा एक
प्यारामेडिकको मृत्यु हुनुका साथै अन्य दुई स्वास्थ्यकर्मी घाइते भएका छन्। उता, जमिनमा पनि तनाव उस्तै छ। सशस्त्र समूह हेजबुल्लाहले दक्षिणी
सहर जावतार अल-शर्कियातर्फ अघि बढ्न खोजेको इजरायली सेनालाई लक्षित गर्दै रकेट र
तोपमार्फत कडा प्रतिकार गरिरहेको जनाएको छ।
गत
अप्रिलमा दुई देशबीच भएको भनिएको युद्धविरामको सहमति अहिले पूर्ण रूपमा उल्लङ्घन
भएको छ। एकातिर इजरायलले दैनिकजसो लेबनानमा हवाई हमला गरिरहेको छ भने अर्कोतिर
हेजबुल्लाहले पनि इजरायली सैन्य अखडाहरूलाई निशाना बनाइरहेको छ। लेबनानी स्वास्थ्य
मन्त्रालयको तथ्याङ्क अनुसार गत मार्चदेखि यता मात्रै इजरायली आक्रमणबाट ३ हजार २
सय १३ जनाको ज्यान गइसकेको छ भने झन्डै १० हजार नागरिक घाइते भएका छन्। यसले सीमा
क्षेत्रको अवस्थालाई झनै भयावह बनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
अमेरिका-इरान तनावको पृष्ठभूमिमा पाकिस्तानी उच्च नेतृत्व चीनमा: मध्यपूर्व शान्तिको कसरत
अमेरिका र इरानबीच सम्झौताको प्रयास तीव्र भइरहेका बेला पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख जनरल असीम मुनीर उच्चस्तरीय भेटवार्ताका लागि चीन पुगेका छन्।
...



