मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान

Main News Image
Mahir News add

काठमाडौं– नेपाल र भारतबीचको गहिरो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै भारतका केन्द्रीय गृहमन्त्री अमित साहले आराध्यदेव पशुपतिनाथ मन्दिरलाई ४० किलोग्राम विशेष चन्दन पठाएका छन्।

पशुपतिनाथको शिरमा गरिने महत्त्वपूर्ण 'श्रीयन्त्र पूजा'मा प्रयोग गर्नका लागि उक्त चन्दन अर्पण गरिएको हो। सांसद सन्दीप रानाको विशेष पहल र समन्वयमा काठमाडौं ल्याइएको सो चन्दन पशुपतिनाथका मूल अर्चक (भट्ट) गणेश भट्टलाई विधिवत रूपमा हस्तान्तरण गरिएको छ।

मन्दिरमा प्राप्त भएको उक्त बहुमूल्य चन्दनलाई सुरक्षित भण्डारण गर्न मूल भट्टले आजै गुठी संस्थानअन्तर्गतको पशुपति गोश्वारा कार्यालयकी प्रमुख सुशीला शर्मालाई जिम्मा लगाइसकेका छन्।

 पशुपतिनाथप्रतिको अपार आस्थाका कारण भारतबाट हरेक वर्ष विशेष प्रकारको चन्दन पठाउने परम्परा नै बसिसकेको छ। यसै सिलसिलामा अघिल्लो वर्ष पनि भारतको गोवा राज्यका एक मन्त्रीले भगवान् पशुपतिनाथलाई ३५ किलोग्राम चन्दन अर्पण गरेका थिए। दुई देशका नागरिकबीचको जनस्तरको सम्बन्धलाई यस्ता धार्मिक गतिविधिले थप प्रगाढ बनाउँदै लगेको छ।

 

 

Mahir News add

सम्बन्धित खबर

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...