सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य
काठमाडौं । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने तयारी गरेको छ।
यस विषयमा स्वास्थ्य
तथा खाद्य स्वच्छतामन्त्री र महावीर पुनबीच छलफल भएको थियो। छलफलका क्रममा सरकारी
अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार
केन्द्रमार्फत मर्मत–सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्य
गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार
उक्त सहकार्यले अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका उपकरणलाई पुनः सञ्चालनमा
ल्याई स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको
छ।
एक्सप्रेस
सम्बन्धित खबर
फलको राजा आँप : स्वाद, स्वास्थ्य र पोषणको खानी
गर्मी मौसम सुरु हुनासाथ बजारमा सबैभन्दा धेरै आकर्षण बढ्ने फलमध्ये आँप एक हो । रसिलो...



