३० वर्ष सेवा वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको तयारीमा सरकार
काठमाडौं । सरकारले निजामती सेवामा व्यापक सुधारको तयारीस्वरूप ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था ल्याउने गृहकार्य अघि बढाएको छ।
यसका लागि संघीय निजामती सेवा ऐन संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ। संशोधन प्रस्ताव हाल कानुन मन्त्रालयमा अध्ययन तथा रायका लागि पठाइएको छ। मन्त्रालयको सुझाव प्राप्त भएपछि केही दिनभित्रै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ।
सरकारले संशोधन अध्यादेशमार्फत ल्याउने वा विधेयकको प्रक्रियाबाट अघि बढाउने भन्ने विषयमा अन्तिम निर्णय भने गरिसकेको छैन।
हाल प्रचलित निजामती सेवा ऐनअनुसार कर्मचारीको अवकाश उमेर ५८ वर्ष रहेको छ। तर नयाँ मस्यौदामा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई सेवाबाट अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसैगरी, राजपत्रांकित तथा राजपत्र अनंकित सबै तहका कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरेपछि स्वतः अवकाश पाउने व्यवस्था समेत समावेश गरिएको छ।
यद्यपि, यस्तो व्यवस्थाअन्तर्गत अवकाशमा जाने कर्मचारीका लागि सरकारले हालसम्म कुनै विशेष आर्थिक प्याकेज वा सुविधा प्रस्ताव नगरेको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान
काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन...
बाजुरामा दुई जनाको भिरबाट लडेर मृत्यु, ट्याक्टर दुर्घटनामा चालक घाइते
गुल्मीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण प्रक्रिया सुस्त
रेसुङ्गा नगरपालिकाको चेतावनी: खुला र असुरक्षित रूपमा खाद्य तथा दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने
गुल्मी । रेसुङ्गा नगरपालिकाले खाद्य तथा दुग्धजन्य पदार्थको असुरक्षित ढुवानी रोक्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा मासु, माछा, दू...
नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...


