मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत

Main News Image
Mahir News add

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउन पुगेको कर्णाली १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो । टोलीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट हात पारे । हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिए भने स्कटले १ विकेट थपे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। कप्तान ऐरीले ३९ रन योगदान दिए। आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कटले १० रन जोडे।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिए भने मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एकरएक विकेट लिए ।

Mahir News add

सम्बन्धित खबर

एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित

काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर...

काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...

दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता

काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...