आसिफ–कुशलको विस्फोटक साझेदारी, नेपालद्वारा टी–२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान
सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन्।
बिहीबार
मलेसियाविरुद्धको खेलमा यी दुईले पहिलो विकेटका लागि १३४ रनको शानदार साझेदारी
गर्दै नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटको सबैभन्दा ठूलो
साझेदारीको कीर्तिमान बनाएका हुन्।
यसअघि पनि यो
कीर्तिमान आसिफ र कुशलकै नाममा थियो। उनीहरूले १० अप्रिल २०२५ मा कुवेतविरुद्ध १२७
रनको साझेदारी गरेका थिए। यसपटक आफ्नै कीर्तिमान तोड्दै दुवैले नयाँ मानक स्थापित
गरेका छन्।
आसिफ शेखले केवल १७
बलमा अर्धशतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले आफ्नो ११औँ टी–२०
अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा पाँच छक्का र चार चौका प्रहार गरे। ८.४
ओभरसम्म टिकेको साझेदारी आसिफ आउट भएपछि समाप्त भएको थियो।
१० ओभरको खेल
सकिँदासम्म नेपालले एक विकेटको क्षतिमा १५६ रन बनाएको थियो। कुशल भुर्तेल ८४ रनमा
अविजित रहँदै टोलीको विशाल स्कोरतर्फ अग्रसर थिए।
आसिफ र कुशलको यो
विस्फोटक प्रदर्शनले नेपाली क्रिकेटको बढ्दो शक्ति र आत्मविश्वासलाई पुनः प्रमाणित
गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलको तयारी पूरा, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह
काठमाडौँ । भोलि मंसिर १ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन् । नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो । त्रिवि क...
नेपालको मौसम आज बदली
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
एनपीएल क्रिकेट: चार टोली मैदानमा
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्...
एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाड...

