मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

जिप दुर्घटनामा पर्वतका वडासदस्य पौडेलको ज्यान गयो

Main News Image
Mahir News add

पर्वत ।  कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एक जना वडासदस्यको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा कुश्मा–१४ का वडासदस्य ५२ वर्षीय केशवराज पौडेल गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। तत्काल उपचारका लागि पोखरा लगिए पनि अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

उक्त दुर्घटनामा जिप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल पनि घाइते भएका छन्। दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Mahir News add

सम्बन्धित खबर

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं देशका विभिन्न

पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान

काठमाडौं–

रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा

रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहर...

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल


होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...