मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

दल परिवर्तन गरेपछि कांग्रेसका दुई वडा अध्यक्ष पदमुक्त

Main News Image
Mahir News add

काठमाडौं — नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोग ले बिहीबार सूचना जारी गर्दै दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका कारण उनीहरूको पद स्वतः रिक्त भएको जनाएको हो।

आयोगका अनुसार नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिबाट प्राप्त निर्णयको प्रतिलिपिका आधारमा पद रिक्त भएको घोषणा गरिएको हो। यो निर्णय राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५(१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार गरिएको आयोगले उल्लेख गरेको छ।

पद गुमाउनेमा मुसिकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदम रहेका छन्। उनीहरूले कांग्रेस परित्याग गरी अन्य दल रोजेपछि कानुनी व्यवस्था अनुसार पद स्वतः रिक्त भएको आयोगले स्पष्ट पारेको छ।

 

Mahir News add

सम्बन्धित खबर

नवगठित नेकपाले २० प्रतिशत जेनजीको सहभागिता सुनिश्चित गर्ने

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीले नेतृत्वको विकास र हस्तान्तरणका लागि वैज्ञानिक विधि अपनाउने घोषणा गरेको छ । पार्टी पदाधिकारीहरूको कार्यकाल र उमेर हद निर्धारण गर्ने निर्णय गरेको छ । आजको एकता सम्मेलनमा प्रस्...

ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुन...

नयाँ राजनीतिक शक्ति निर्माणमा जुटे जेनजी, उठाए यी चार माग

काठमाडौँ । पुरुषोत्तम यादव, प्रवेश दाहाललगायत जेनजी अगुवाहरूले नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नयाँ राजनीतिक शक्ति निर्माणका लागि बृहत् राष्ट्रिय एकता अभियान सुरु ग...

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित...

सुदूरपश्चिम प्रदेशको आगामी वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरिएको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल गरिएको छ।

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो...