मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पुनः सुरु, राष्ट्र बैंकद्वारा १० अर्ब ५८ करोड भुक्तानी

Main News Image
Mahir News add

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० वटा बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत १० अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै रोकिएको अनुदान एक वर्षपछि सरकारले पुनः भुक्तानी सुरु गरेको हो । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयले असोज ५ गते ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको थियो । राष्ट्र बैंकका अनुसार अर्थ मन्त्रालयबाट रकम आएपछि डेटा भेरिफिकेसनको प्रक्रिया सकिएपछि बुधबार अनुदानको भुक्तानी गरिएको हो ।

सरकारले युवा स्वरोजगार, कृषि, शिक्षा, पर्यटन, विपन्न वर्गलगायतका विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । यस कर्जामा लाग्ने ब्याजको एक हिस्सा अनुदानस्वरूप सरकारले बेहोर्ने व्यवस्था रहेको छ ।

 

Mahir News add

सम्बन्धित खबर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।...

नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको...

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका(२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म...

देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा

काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए प...

नेप्सेमा ५.१५ अंकको गिरावट, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोडको सेयर कारोबार भएको छ । आज ७४ कम्प...

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जा...