नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले खुद नाफा बढेको हो।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँको तुलनामा चालू आवमा झण्डै १४ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २४.७२ प्रतिशतले बढेर ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
यता कम्पनीको कुल आम्दानी ६ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबाट ९।२३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ६ अर्ब ३० करोड २५ लाख रुपैयाँबाट १०.५८ प्रतिशतले बढेर ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीले गत आवको तीन महीनामा आफ्ना अभिकर्ताहरूलाई ४२ करोड ६१ लाख रुपैयाँ कमिशन दिएकोमा चालू आवको तीन महीनामा झण्डै १२ प्रतिशतले बढाएर ४७ करोड ७१ लाख रुपैयाँ कमिशन दिएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी भने ३६ पैसाले घटेर १०.३० रुपैयाँमा झरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०.६६ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३१.५४ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा ६३ करोड ८० लाख रुपैयाँ सञ्चिति रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपि...
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका(२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म...
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैं र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।गत असारमा शिक्षण पेसाबाट अवकाश ल...
बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २००...
क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
काठमाडौं। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन...
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना तत्काल निर्माण प्रक्रिया थालिनेछ : कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका...



