नालामा ‘स्वच्छ दूध’ को सन्देश : विश्व दूध दिवस सप्ताहमा किसानसँग डेरी क्षेत्रको संवाद
काभ्रेपलाञ्चोकको ऐतिहासिक नाला क्षेत्रमा विश्व दूध दिवस २०८३ को अवसर पारेर “स्वच्छ दूध उत्पादन” विषयक एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । नेपाल डेरी एसोसिएसनले साताव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय दुग्ध उत्पादक किसान, दुग्ध सङ्कलक तथा डेरी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालमै पहिलो
डेरी स्थापना भएको इतिहास बोकेको नालामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका वडा
नं. ३ का वडाध्यक्ष रमेश दाहालले सभापतित्व गरेका थिए भने नेपाल डेरी एसोसिएसनका
केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
तालिममा राष्ट्रिय
दुग्ध विकास बोर्डकी प्रशिक्षक नमुना खतिवडाले स्वच्छ दूध उत्पादनका मापदण्ड, दूध सङ्कलनमा अपनाउनुपर्ने सावधानी तथा गुणस्तरीय उत्पादनका
आधारबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा कर्मा ग्रुपका प्रतिनिधि
डा. योगेन्द्र राणाले डेरी क्षेत्रमा प्रयोग हुने “डेरी कमाण्डर” नामक झिँगा तथा
किरा नियन्त्रण औषधिको प्रयोग र त्यसले दूध उत्पादनमा पार्ने प्रभावबारे जानकारी
दिएका थिए ।
कार्यक्रममा
बोल्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य नवराज तिमल्सिनाले नाला क्षेत्रबाट
उत्पादित दूधले काठमाडौंको बजार धानिरहेको उल्लेख गर्दै यहाँको दुग्ध उत्पादन
परम्परा अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । वरिष्ठ उपाध्यक्ष दीपप्रसाद
धमलाले दुग्ध व्यवसायलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा चित्रण गर्दै
किसानको सम्मान र आम्दानीसँग यो क्षेत्र प्रत्यक्ष जोडिएको बताए ।
बनेपा नगरपालिका
पशु सेवा शाखा प्रमुख चिरञ्जीवी शर्माले यस्ता व्यवहारिक तालिमले किसानलाई
प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड
सदस्य राजन प्रसाद दाहालले नालाको डेरी इतिहास स्मरण गराउँदै २००९ सालमै यहाँ
पहिलो डेरी स्थापना भएको तथ्य उल्लेख गरे । उनले ऐतिहासिक डेरी संरचना तथा
भग्नावशेष संरक्षणमा स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राखे ।
नेपाल डेरी
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले स्वच्छ दूध उत्पादनलाई अहिलेको मुख्य चुनौती
र आवश्यकता दुवै भएको बताए । उनले गुणस्तरीय दूध उत्पादनका लागि किसानदेखि
बजारसम्मको श्रृंखला जिम्मेवार बन्नुपर्नेमा जोड दिए । साथै देशभर बिहान–साँझ दुवै
समयमा नियमित दूध सङ्कलनको व्यवस्था अनिवार्य गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।
वडाध्यक्ष रमेश
दाहालले विश्व दूध दिवसको उद्देश्य दूध तथा दुग्धजन्य पदार्थको महत्वबारे जनचेतना
फैलाउनु रहेको उल्लेख गर्दै दुग्ध उत्पादन वृद्धि र स्वस्थ उपभोग संस्कृतिमा यस्ता
कार्यक्रम उपयोगी हुने बताए ।
नेपाल डेरी
एसोसिएसनका उपाध्यक्ष तथा बोर्ड सदस्य रामभक्त दाहालले साताव्यापी कार्यक्रमले
दुग्ध क्षेत्र प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको बताए । कार्यक्रममा सहभागीलाई
दही–चिउरा र पनिरको तरकारीसहितको खाजाको व्यवस्था गरिएको जानकारी महासचिव
हेमचन्द्र खनालले दिएका थिए ।
कार्यक्रमका
वक्ताहरूले काभ्रे जिल्ला नेपालको सबैभन्दा बढी दूध उत्पादन हुने तथा दुग्ध
क्षेत्रमा आत्मनिर्भर जिल्ला भएकाले यसको ऐतिहासिक र आर्थिक योगदान विशेष महत्वको
रहेको बताएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग
काठमाडौँ । नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन...



